सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटर ब्याजलगायतका ऋणहरू मिनाहा हुने बताएकी छन् ।
वडा स्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटर ब्याजलगायतका ऋणहरू मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको उनको भनाइ थियो ।
पछाडि परेका महिलाहरूलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ थियो ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सक्ने स्थिति नभएको पनि स्मरण गराइन् । मन्त्री चौधरीले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको पनि बताइन् ।
उनले भनिन्, ‘अब महिलाहरू त आयो आयो । अति विपन्न महिलाहरूको लागि चाहिँ वडा स्तरबाटै मिटरब्याजीलगायतका कुराहरु आउँछन् । ती ऋणहरू मिनाहा गरिदिने कुराहरु आउँछन् । राज्यले नै त्यस्ता कुराहरु गर्यो भने महिलाहरू अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’
मन्त्री चौधरीले महिलाहरूको सशक्तीकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण