शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन

शुक्रबार, १६ चैत २०८०, १६ : २६
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन् । 

बैठकमा सो प्रतिवेदनउपर सांसदहरूले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफ समेत दिएका थिए ।

अध्यक्ष दाहालले भने,‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रियसभाको अर्को बैठक चैत्र २१ गते बुधबार सवा १ बजे बस्नेगरी बोलाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप