सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन् ।
बैठकमा सो प्रतिवेदनउपर सांसदहरूले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफ समेत दिएका थिए ।
अध्यक्ष दाहालले भने,‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
राष्ट्रियसभाको अर्को बैठक चैत्र २१ गते बुधबार सवा १ बजे बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण