शिक्षामन्त्री श्रेष्ठले त्रिविका उपकुलपतिलाई दिइन् धन्यवाद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेको छ । त्रिवि प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको प्रश्न पत्र दुवै भाषामा बनाउने निर्णय गरेको हो । उक्त निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छन् ।
विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा गरेको भन्दै त्रिविका उपकुलपतिलाई धन्यवाद दिएकी हुन् । शिक्षामन्त्री हुनु अगाडी उनले प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा बनाउनुपर्ने आवाज उठाउँदै आएकी थिइन् । उनले सदनमै प्रश्न पत्र देखाएरै प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवैमा बनाउनुपर्ने माग राखेकी थिइन् ।
कतिपय विद्यार्थीले प्रश्न पत्रको भाषा नै नबुझेर फेल हुनुपर्ने अवस्था रहेको भन्दै उनले दुवै भाषामा बनाउनुपर्ने माग गर्दै आएकी थिइन् । त्रिविको उक्त निर्णयपछि एक भिडियो जारी गर्दै मन्त्री श्रेष्ठले विद्यार्थीलाई बधाई दिनुका साथै त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई धन्यवाद दिएकी हुन् ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गते बसेको बैठकले स्नातक तहको प्रश्न पत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको थियो । आगामी प्रथम वर्षको परीक्षा देखि नै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण