सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हुलदङ्गा व्यवस्थापन सम्बन्धी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अभ्यास

शनिबार, १७ चैत २०८०, १० : १२
शनिबार, १७ चैत २०८०

सुनसरी । सुनसरी जिल्लाको इनरुवा नगरपालिका ४ स्थित सशस्त्र प्रहरी बल, नेपाल ४ नम्बर गण सुनसरीको कार्यालय परिसरभित्र हुल तथा दङ्गा व्यवस्थापन सम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन अभ्यास सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा सञ्चालन भएको डेमोस्ट्रेशनमा सशस्त्र प्रहरी निरीक्षक निरकुमार कार्कीको कमान्डमा ३५ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक बबिन राईको कमान्डमा ३५ जना गरी ७० जनाले हुल तथा दङ्गा व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, नेपाली सेना कृष्ण दल गण इटहरीका प्रमुख सेनानी अमित लामा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी,  ४ नम्बर  गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक तुलसी कट्टेल, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम शान्ति सुव्यवस्था कायम गर्न गरिने बल प्रयोगका चरणहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अभ्यास सञ्चालन गरिएको हो । संयुक्त अभ्यासले दुई सुरक्षा निकायबिच पारस्परिक सम्बन्ध स्थापित हुनुको साथै संयुक्त रूपमा परिचालन हुनुपर्दा कार्यगत एकता कायम हुने, समन्वय र सहकार्यमा सहजता हुने, शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको  छ । 

traning (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप