म इलामको अकबरे, अदुवा र अर्थोडक्स चियाको उम्मेदवार हुँ : मिलन लिम्बु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए ।
लिम्बुले आफू इलामको अकबरे, अदुवा र अर्ग्यानिक अर्थोडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको माटोको टिका लगाएर संसद् भवन छिरेर इलामेली जनताको नयाँ सम्भावनाको ढोका खोलेर इलामलाई स्वर्गभन्दा सुन्दर बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’
उनले आफूले पहिचानको मुद्दा उठाउने गरेको प्रति त्यसलाई पार्टीले सम्मान गरेर जाने दाबी गरे । पहिचानलाई निश्चित जाती, क्षेत्रलाई मात्र नलिई सबैको पहिचानलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।
उनले समाजलाई जातको आधारमा, क्षेत्रका आधारमा विभाजन गर्न नहुने बताउँदै सदियौँदेखि मिलेर बसेको समुदायलाई स्वीकार गरेर जानुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण