सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन् : डा. भट्टराई
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताएका छन्। नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै डा.भट्टराईले वैकल्पिक शक्ति बनाएरै छाड्ने बताए।
उनले नेपाल समाजवादी पार्टीले बोकेको एजेन्डा अरू पार्टीकोभन्दा बिल्कुलै अग्रगामी रहेको बताए। उनले नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र रहेको पनि बताए। विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टीजस्तो भएकाले जनताले आफूहरूलाई विश्वास नगरेको उनको भनाई थियो ।
अब सत्ताको च्याँखे थापेर पार्टीमा रहनेहरू गइसकेकाले अब शुद्ध वैकल्पिक तथा अग्रगामी सोचका पक्षधर मात्र भएको बताए। ‘उनले भने,‘सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन्।’ उनले कांग्रेस र कम्युनिस्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन् बढेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण