कार्की प्रधानमन्त्री प्रचण्डबाट सम्मानित
काठमाडौँ । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्वारा सम्मान गरेको छ ।
क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले एक लाख रुपैयाँ राशिसहित विशेष पुरस्कारसहित कार्कीलाई सम्मान गरेको हो ।
शनिवार काठमाडौँको होटल एभरेष्टमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताम्रपत्र र नगदसहित उनलाई सम्मान गरेका हुन् । एक दशकदेखि क्लबको सञ्चालन र व्यवस्थापनमा सक्रिय रहँदै आएका कोषाध्यक्ष कार्कीले क्लबसँगै रिपोर्टर्स नेपाल डटकम न्यूजपोर्टलको व्यवस्थापन गर्दै आएका छन् ।
पुरस्कृत कार्की नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, ब्लड डोनरर्स एसोसिएशन लगायतका विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन । त्यसैगरी उनको नेतृत्वमा सञ्चालित एप हिमालय मार्फत उनी सूचना प्रविधि ब्यवसायमा समेत सक्रिय रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण