युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणमा ध्वस्त
किएभ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ ।
मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।
मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकू ड्रोन प्रहार गरेको बताइएको छ । यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् ।
स्थानीय मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।
रुसी रक्षा मन्त्रालयले मार्च २२ मा एक विज्ञप्तिमा आफ्नो सेनाले सो दिन युक्रेनमा ऊर्जा र सैन्य सुविधाहरूमा ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको तथा ठूलो मात्रामा हमलाका सबै लक्ष्य हासिल गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण