मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टिमोरमा भागवत सप्ताह : समाजसेवी केसीले दिए ७० हजार डलर चन्दा, कलश यात्रा अभूतपूर्व

आइतबार, १८ चैत २०८०, ०७ : १७
आइतबार, १८ चैत २०८०

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म प्रारम्भ भएको मेरिल्यान्ड आध्यात्मिक महोत्सव –श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिएका छन् ।

केसीले शनिबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सार्वजनिक रूपमा त्यति रकम दिने घोषणा गरेका हुन् ।उनले विगतमा हिन्दु बुद्ध मन्दिरलाई  ५५ हजार डलर दान दिई सकेका छन् । यो मन्दिरलाई कूल १२५ हजार डलर दिने केसी अहिले सम्म कै सर्वाधिक उच्च चन्दा दिने व्यक्ति भएका छन् ।

उनले वाचन प्रवीण दीनबन्धु पोखरेलले सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत बारेमा मात्र प्रकाश पार्दै गर्दा केसीले बिचमै ७० हजार डलरको घोषणा गरेका हुन् । उनले चन्दा दिए पछि खुसी हुँदै नाचेका थिए । 

मेरिल्यान्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रूपमा कलश यात्रा सम्पन्न गरियो। सप्ताह महापुराणमा ५०१ वटा कलश सबै समुदायले १०१ डलर तिरेर आफै सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक सजावट गरी कलश नै राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा कलश यात्रा पछि सोही स्थानमा ७ दिन सम्मको लागि राखिएको छ ।

कलश यात्रा पछि औपचारिक कार्यक्रम गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा काउन्टीका विशेष अतिथि, ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन ,महावाणिज्यदूत प्रेम राजामहत ,वाचन प्रवीण दीनबन्धु पोखरेल,मन्दिरका अध्यक्ष डा श्याम कार्की ,उपाध्यक्ष क्रिस घिमिरेले मन्तव्य राखेका थिए ।

SEASON

औपचारिक कार्यक्रम पछि केही समय विश्राम पश्चात् वाचन प्रवीण दीनबन्धु पोखरेलले भागवतको विशेष मात्र प्रकाश पार्दै भागवत कथा भोली मार्च ३१ देखि सुरु गर्ने श्रद्धालु भक्तजनलाई बताए ।

लगातार ७ दिनसम्म प्रवचन कथा हुने छ । हरेक दिन दिउसो २ बजे देखि कथावाचन हुने भएको छ । नेपालको पुरातात्त्विक महत्त्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन हुने भक्तजनहरूका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ व्यवस्थापन समितिले प्रसाद वितरणको पनि प्रबन्ध गरेको छ ।

KC

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो  दिन दिव्य कलशयात्रा सहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो ।

बिहानै देखि हजारौ सवारीसाधनहरूलाई व्यवस्थित रूपमा राख्ने स्थलको व्यवस्थापन मिलाइएको थियो भने अन्तिम प्रवचन सम्म श्रद्धालु भक्तजनहरूले भजनमा नाचगानमा सहभागिता जनाएका थिए ।

JODIKA 1KA 2KA 123KALKALAS 3KALAS YATRAMUNECCPAPANIDTPREMRAMOSHANTI (1)SHANTI

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप