नेदरल्याण्ड्स : नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने आक्रमणकारी पक्राउ

एम्सटरड्याम । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारी शनिबार बिहान इडे शहरको पेटीकोट नामक नाइटक्लबमा प्रवेश गरेका थिए । स्थानीय मिडियाका अनुसार आक्रमणकारीले आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिँदै चार जनालाई बन्धक बनाएका थिए ।
पहिले तीन जनालाई हमलाकारीको चपेटबाट मुक्त गरिएको थियो, त्यसपछि बन्धक बनाइएका चौथो व्यक्तिलाई करिब छ घण्टा रिहा गरिएको थियो।
अन्तिम बन्धकले नाइटक्लब छोडेपछि आक्रमणकारीलाई मास्क लगाएर बाहिर निकालिएको थियो । त्यसपछि प्रहरीले उनलाई हतकडी लगाएर लगेको थियो ।
आक्रमणकारी नाइटक्लबभित्र पसेपछि त्यहाँ सरसफाइ गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएका थिए । आक्रमणकारीले बन्धक बनाएको कारणबारे खुल्न नसकेको र उनको मानसिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोको आँसु, यामलको सङ्घर्ष र मार्टिनेजको भविष्यसँग गाँसिएको नेसन्स लिग
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै