नेदरल्याण्ड्स : नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने आक्रमणकारी पक्राउ
एम्सटरड्याम । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारी शनिबार बिहान इडे शहरको पेटीकोट नामक नाइटक्लबमा प्रवेश गरेका थिए । स्थानीय मिडियाका अनुसार आक्रमणकारीले आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिँदै चार जनालाई बन्धक बनाएका थिए ।
पहिले तीन जनालाई हमलाकारीको चपेटबाट मुक्त गरिएको थियो, त्यसपछि बन्धक बनाइएका चौथो व्यक्तिलाई करिब छ घण्टा रिहा गरिएको थियो।
अन्तिम बन्धकले नाइटक्लब छोडेपछि आक्रमणकारीलाई मास्क लगाएर बाहिर निकालिएको थियो । त्यसपछि प्रहरीले उनलाई हतकडी लगाएर लगेको थियो ।
आक्रमणकारी नाइटक्लबभित्र पसेपछि त्यहाँ सरसफाइ गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएका थिए । आक्रमणकारीले बन्धक बनाएको कारणबारे खुल्न नसकेको र उनको मानसिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण