प्रसारण लाइन बिस्तारका क्रममा काटिएका लाखौँको काठ कुहिने अवस्थामा
मुक्ति तिवारी/नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट स्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सब डिभिजन (वन) कार्यालय परिसरमा थुपारिएका झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ । समयमै लिलामी नहुँदा बर्दघाट सर्दि १ सय ३२ केभी प्रसारण लाइन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो ।
७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्ष देखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिए पनि अझै लिलामी भएको छैन । सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरूले ढिलाइ गर्दा समस्या भएको बताए ।
घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाइ भएको यादवको भनाई छ ।
‘ठेकेदारले केहि काठ ल्याएर घाटगद्धि गर्यो, अन्तिममा ३ सय रुख काट्न बाँकी छ भनिए पनि ती रुख नकाटिएका कारण पनि एकिन नाप जाँचमा ढिलाइ भएको हो, यादवले भने । काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ । डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागि वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ ।
ठेकेदारले समयमै सही विवरणसहित हस्तान्तरण नगर्दा लिलामी प्रक्रियामा ढिलाइ भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताए ।
साल, खयर लगायत जातका काठ समयमै लिलामी नहुँदा कुहिन थालेपछि बिक्री मूल्य पनि घट्दै गएको छ । जिल्लामा अन्यत्र पनि लाखौँका काठ कुहिने अवस्थामा रहँदा सम्बन्धित निकायले खासै पहल गरेको भने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण