‘घरज्वाइँ’ को क्यारेक्टरमा मिरुना र दयाहाङको लुक्स सार्वजनिक
काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ को दुई क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।
अनिल बुढामगर निर्देशित फिल्म एउटा पोस्टरमा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका पछि डोकोहरूको चाङ बोकेर हिँडेको देखिएका छन् ।
पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा करिब एक महिना छायाङ्कन गरिएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्देशक अनिल बुढाको कथा अनि पटकथा, संवाद लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ ।
नयाँ वर्षको असार २८ गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनील मगरको अभिनय छ ।
जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । एमएसएनले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू
-
भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
-
बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
-
अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण