बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘घरज्वाइँ’ को क्यारेक्टरमा मिरुना र दयाहाङको लुक्स सार्वजनिक

आइतबार, १८ चैत २०८०, १० : ४९
आइतबार, १८ चैत २०८०

काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ को दुई क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।

अनिल बुढामगर निर्देशित फिल्म एउटा पोस्टरमा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका पछि  डोकोहरूको चाङ बोकेर हिँडेको देखिएका छन् ।

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा करिब एक महिना छायाङ्कन गरिएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्देशक अनिल बुढाको कथा अनि पटकथा, संवाद लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । 

नयाँ वर्षको असार २८ गते प्रदर्शनमा आउने फिल्ममा  दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनील मगरको अभिनय छ ।

जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । एमएसएनले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप