महालेखा परीक्षकमा राया सिफारिस, अन्य चार आयोगबारे संवैधानिक परिषद् अनिर्णीत
काठमाडौँ । पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रायfलाई सिफारिस गरेको बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन् । गत जेठ ८ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन । राजनीतिक भागबन्डा नमिलेकाले नियुक्ति सिफारिस हुन नसकेको ती सदस्यले बताए । निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्य रिक्त छ ।
बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी थिए । शनिवार देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श प्रचण्डले परिषद्को बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण