मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
संवैधानिक परिषद् बैठक

महालेखा परीक्षकमा राया सिफारिस, अन्य चार आयोगबारे संवैधानिक परिषद् अनिर्णीत

आइतबार, १८ चैत २०८०, १४ : ००
आइतबार, १८ चैत २०८०

काठमाडौँ । पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रायfलाई सिफारिस गरेको बैठकमा सहभागी  एक सदस्यले रातोपाटीलाई  जानकारी दिए ।

राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन् । गत जेठ ८ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन । राजनीतिक भागबन्डा नमिलेकाले नियुक्ति सिफारिस हुन नसकेको ती सदस्यले बताए । निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्य रिक्त छ ।

बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी थिए । शनिवार देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श प्रचण्डले परिषद्को बैठक बोलाएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप