सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बाल सुधारगृहमा तत्काल पठनपाठनको व्यवस्था गर्नुपर्छ : कांग्रेस सचेतक थिङ

आइतबार, १८ चैत २०८०, १४ : ३३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले बाल सुधार गृहमा पठनपाठनको पनि व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । युसेपले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पठनपाठनको व्यवस्था भएको उल्लेख गर्दै उनले सरकारले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पनि पठनपाठनको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालसुधार गृह बालसुधार हुने खालको नभएको औँल्याउँदै त्यसको भौतिक संरचनामा नै सुधार गर्न पनि सरकारलाई सचेत गराए । सचेतक थिङले क्षमताभन्दा बढी बालबालिकाहरु सुधार गृहमा राख्ने काममा सरकार आफैँ संलग्न भएको आरोप समेत लगाइन्  ।

‘मैले आज यो कुरा उठाइरहेको छु । नेपालमा जम्मा ८ वटा बालसुधार गृह छन् । त्यसमा नेपाल सरकारबाट सञ्चालित ४ वटा सुधारगृह छन्’ उनले भनिन्– ‘युसेपबाट सञ्चालित ४ वटा रहेकोमा त्यहाँ विद्यालयसहितको सुविधा छ भने नेपाल सरकारबाट सञ्चालित सुधार गृहमा त्यो छैन । त्यसकारण यो विषयमा पनि बालसुधार गृहमा तत्काल विद्यालय पनि सञ्चालन गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

सचेतक थिङले विद्यमान बाल सुधार गृहको संरचना नबदल्ने हो भने त्यसलाई सुधार गृह भन्न मिल्ने अवस्था नरहेको जिकिर पनि गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप