सर्वोत्तम सिमेन्टको मूल्यमा लाग्यो ब्रेक, १७ अंकले नेप्से सूचक घट्दा ३ अर्बको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १७ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.३० अंकले घट्दै २ हजार १८.३३ अंकमा झरेको हो । आज १७ अंक माथिले नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी भएको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबार खुलेसँगै लगातार उकालो लागिरहेकोमा आज उक्त कम्पनीको मूल्य वृद्धिमा ब्रेक लाग्न पुगेको छ । आज सर्वोत्तम सिमेन्टको मूल्य १० प्रतिशतले घट्दै प्रतिसेयर ९७४.५० रुपैयाँमा झरेको छ । त्यसो त आज यसै कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३३१ रुपैयाँको कारोबार हुँदै धेरै कारोबार हुनेको शीर्ष स्थानमा रहन सफल भएको छ ।
आज कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा ६३ वटा कम्पनीको मात्र वृद्धि भएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । आज निर्जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक जम्मा ०.१२ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण