शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टको मूल्यमा लाग्यो ब्रेक, १७ अंकले नेप्से सूचक घट्दा ३ अर्बको कारोबार

आइतबार, १८ चैत २०८०, १६ : ०३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १७ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.३० अंकले घट्दै २ हजार १८.३३ अंकमा झरेको हो । आज १७ अंक माथिले नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी भएको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबार खुलेसँगै लगातार उकालो लागिरहेकोमा आज उक्त कम्पनीको मूल्य वृद्धिमा ब्रेक लाग्न पुगेको छ । आज सर्वोत्तम सिमेन्टको मूल्य १० प्रतिशतले घट्दै प्रतिसेयर ९७४.५० रुपैयाँमा झरेको छ । त्यसो त आज यसै कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३३१ रुपैयाँको कारोबार हुँदै धेरै कारोबार हुनेको शीर्ष स्थानमा रहन सफल भएको छ ।

आज कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा ६३ वटा कम्पनीको मात्र वृद्धि भएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । आज निर्जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक जम्मा ०.१२ प्रतिशतले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप