मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा वर्षाका कारण १० जनाको मृत्यु, १२ घाइते

आइतबार, १८ चैत २०८०, २१ : ३१
आइतबार, १८ चैत २०८०

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । 

खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् । 

घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ ।

उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ भने घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ । -(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप