पाकिस्तानमा वर्षाका कारण १० जनाको मृत्यु, १२ घाइते
आइतबार, १८ चैत २०८०, २१ : ३१
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् ।
घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ ।
उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ भने घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण