बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनलक्की भनेर चर्चा नगर्दिनुस् : नीति शाह

आइतबार, १८ चैत २०८०, २२ : ५३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । मोडल नीति शाहले अन्ततः फिल्म अभिनयमा डेब्यु गरेकी छन् । फिल्म ‘खजुरे ब्रो’ले उनलाई अभिनयमा डेब्यु गराएको हो । फिल्म आगामी वैशाख २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

‘खजुरे ब्रो’ अगाडि उनले केही फिल्म साइन गरेकी थिइन् । तर फिल्म बनेन । उनले साइन गरेको फिल्म बन्न नसकेपछि उनलाई अनलक्की भनेर चर्चा गरियो । सोही दुखेसो उनले आइतबार आयोजित एक कार्यक्रममा पोखेकी छन् ।

फिल्म ‘खजुरे ब्रो’ को एक गीत सार्वजनिक कार्यक्रममा मिडियादेखि सामाजिक सञ्जालसम्म अनलक्की भनेर चर्चा हुँदा निराश र हतोत्साही भएको उनले सुनाइन् । निकै भावुक हुँदै कार्यक्रममा बोलेकी नीतिले यस्तो समाचारमा जोड नदिन अनुरोध गरिन् ।

‘म अलिकति निराश पनि भएकी थिएँ । ‘रावायण’ पनि फिल्म बनेन । न्युजमा पनि मैले फिल्म साइन गरेँ कि ब्याड लक भन्ने कुरा आयो’, उनले भनिन् ‘म भावुक भएकी छु, अलिकति हतोत्साही पनि भएकी थिएँ ।’

‘पहिलो फिल्म नै रिलिज भएको छैन । तर १० वटा फिल्म साइन गरिन् भनेर लिस्ट आइसक्यो’, उनले थपिन् ,‘पहिलो फिल्म रिलिज होस् । एक्टिङ राम्रो होस् । राम्रो फिडब्याक आओस् । मलाई स्टेप बाई स्टेप जान मन छ ।’ मिडियाको समाचारबाट आफूलाई दबाब समेत महसुस भएको उनको भनाइ थियो ।

नीति २०१७ की नेपाल इन्टरनेसनल हुन् । ‘खजुरे ब्रो’ फिल्म पहिलो भए पनि उनले मोडलिङ र विज्ञापन चलचित्र भने थुप्रै अभिनय गरेकी छन् । ‘खजुरे ब्रो’ ले फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप