सिटी र आर्सनल रोकिँदा लिभरपुललाई फाइदा
सोमबार, १९ चैत २०८०, ०६ : ३५
लण्डन । उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेपछि अर्को प्रतिस्पर्धी टोली लिभरपुललाई फाइदा पुगेको छ । आइतबारको नतिजापछि आर्सनल र सिटीलाई उछिन्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको हो ।
यसअघि ब्राइटनविरुद्ध पुनरागमन गर्दै लिभरपुलले २–१ को जित हासिल गरेको थियो । ड्यानी वेलब्याकले खेलको दोस्रो मिनेटमा नै ब्राइटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । ६५ औँ मिनेटमा मोहम्मद शालाहले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे ।
२९ खेलपछि लिभरपुलको ६७ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ६५ अङ्क छ भने सिटी ६४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण