बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित
काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार हात पार्न सफल भएको हो ।
साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धि बाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ ।
नेपालमा बीवाईडी डिलरहरूको बिचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीको भनाई छ ।
सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् ।
साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् । ‘हामी बीवाईडीबाट सम्मानित भएका छौ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान् ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरूमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण