सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सोमबार, १९ चैत २०८०, १० : ३८
काठमाडौँ । प्रहरीले सर्लाहीबाट हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् ।
उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।
कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण