शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एसपी बढुवा सिफारिसमा सुशासनको धज्जी उडाइयो : सांसद केसी

सोमबार, १९ चैत २०८०, १२ : २३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहतर्फ एसपी बढुवा सिफारिस गर्दा सरकारको सुशासनको रटानको धज्जी उडाइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धन सिन्डिकेट भएको बताए ।

‘हालै नेपाल प्रहरीका १२ जना डीएसपीबाट ८ जनाको एसपीको बढुवा हुँदा वरिष्ठतम एक र ६ नम्बरमा रहेकालाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उठेको छ । भनाइ र गराइमा यसले ठुलो भिन्नता देखाएको छ,’ उनले भने ।

सरकारले करुणाको बहानामा दण्डनीय कसुरमा उन्मुक्ति दिने काम गरेको बताए । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्था देखाउँदै हाजिर जमानीमा रिहा गरिएको थियो । महरा रिहाइको विरोध हुँदा गृहमन्त्री रवि लामिछानेले राज्यको पनि करुणा हुने बताएका थिए ।

त्यसप्रति इंकित गर्दै केसीले भने, ‘व्याप्त भ्रष्टचार, जघन्य अपराध र विधि विहीनतालाई करुणाको जामामा चोखिने र चोख्याउँदै जाने हालको गतिविधिले सुशासनको नारा झुटको पुलिन्दा हुँदैछ ।’ एनसेल, सुन काण्डको प्रतिवेदन सदनमा प्रस्तुत गर्न उनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप