एसपी बढुवा सिफारिसमा सुशासनको धज्जी उडाइयो : सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहतर्फ एसपी बढुवा सिफारिस गर्दा सरकारको सुशासनको रटानको धज्जी उडाइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धन सिन्डिकेट भएको बताए ।
‘हालै नेपाल प्रहरीका १२ जना डीएसपीबाट ८ जनाको एसपीको बढुवा हुँदा वरिष्ठतम एक र ६ नम्बरमा रहेकालाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उठेको छ । भनाइ र गराइमा यसले ठुलो भिन्नता देखाएको छ,’ उनले भने ।
सरकारले करुणाको बहानामा दण्डनीय कसुरमा उन्मुक्ति दिने काम गरेको बताए । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्था देखाउँदै हाजिर जमानीमा रिहा गरिएको थियो । महरा रिहाइको विरोध हुँदा गृहमन्त्री रवि लामिछानेले राज्यको पनि करुणा हुने बताएका थिए ।
त्यसप्रति इंकित गर्दै केसीले भने, ‘व्याप्त भ्रष्टचार, जघन्य अपराध र विधि विहीनतालाई करुणाको जामामा चोखिने र चोख्याउँदै जाने हालको गतिविधिले सुशासनको नारा झुटको पुलिन्दा हुँदैछ ।’ एनसेल, सुन काण्डको प्रतिवेदन सदनमा प्रस्तुत गर्न उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण