नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सांसद भुसालको माग
काठमाडौँ । नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गरेकी छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताइन् ।
उनले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले पटक–पटक समय थप गर्दा पनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्– ‘वर्षायाम शुरु हुनु अगावै यात्रुहरुले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक–पटक समयावधि थप गरिँदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशील रुपमा कार्य अगाडी बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दुरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुपर्यो । सडकको स्तरोन्नति गर्नुपर्यो ।’
सांसद भुसालले सवारी दुर्घटना न्युनीकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण