दोस्रो दिन पनि घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको मात्र ४७ करोडको कारोबार
काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । आइतबार दिन १७ अंकमाथिले घट्दै २ हजार १८ अंकमा झरेको नेप्से सूचक सोमबार पनि ६.२६ अंकले घट्दै २ हजार १२.०७ अंकमा झरेको हो ।
सोमबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९१ अंकले घट्दै ३५५.६६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
६ अंकले सूचक घटेको यस दिन २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन र ट्रेडिङ दुई समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।
कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार ८६ वटा कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
सोमबार पनि उच्च कारोबारको शीर्ष स्थानमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीको मात्र आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर सोमबार बजारमा कारोबार भएको छ । यस्तै कम्पनीको सेयर मूल्य भने सोमबार ३.४४ प्रतिशतले घटेर प्रतिकित्ता ९४१ रुपैयाँमा झरेको छ ।
सोमबार गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मै खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण