बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, १९ चैत २०८०, १६ : १२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो । 

उनले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अवस्थामा आयोगको टोलीले १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोसहित १५ हजार जरिवाना र कैद सजायको मागदावी लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप