अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु
सोमबार, १९ चैत २०८०, १६ : २९
काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ ।
आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ ।
गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशक भन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण बिस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् । रासस /सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीको दाबी : पार्टीको केन्द्रीय नेतृत्वसँगको परामर्शबाटै एमालेबाट मन्त्री बनाइएको हो
-
एक वर्षमा २९ महिला पत्रकारले पेशा छाडे
-
लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा
-
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
-
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प
-
सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : भट्टराई