सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्: प्रधानन्यायाधीश श्रेष्ठ

सोमबार, १९ चैत २०८०, १७ : १६
सोमबार, १९ चैत २०८०

चितवन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् । 

सोमवार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पहिलाको तुलनामा अहिले अदालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए । उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे । उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरू नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए । उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताए । उनले मुद्दाहरूलाई कानुनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रूपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरूमा राम्रो दृष्टिकोणले मुद्दा निरूपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरू छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरू छन् । ती मुद्दाहरूलाई हामीले पक्षबाट न्यूनीकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरूलाई कानुनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध छौँ, लागिरहेका छौँ । अहिलेको भोलि नै हुने कुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छौँ ।’

प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरूमा आवश्यक पर्ने न्यायाधीशहरूको व्यवस्थापन बिस्तारै हुँदै जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप