८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ

मोरङ । बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मी मार्गबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई सोमबार आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय