८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ
मोरङ । बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मी मार्गबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई सोमबार आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण