कांग्रेसले भन्यो– सहकारी ठगीले गृहमन्त्री लामिछानेलाई लखेटिरहने छ
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि आज पनि संसदीय समिति छानबिनको माग उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले लामिछानेमाथिको अनुसन्धान रोकिएपछि संसदीय छानबिन समिति आवश्यक भएको बताए ।
उनले भने, ‘सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिमै आएर अनुसन्धान गर्ने आश्वासन दिनु भएको थियो । प्रहरीले पनि अनुसन्धान भइरहेको बताएको थियो । गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदै छ भनेपछि छानबिन समिति आवश्यक थिएन । रवि लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएको छ ।’
प्रधानमन्त्री र प्रहरीले गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएको भन्दै अनुसन्धान प्रभावित भएको सांसद यादवले बताए । ‘प्रधानमन्त्री र प्रहरीले गल्ती नगरेको भन्नुहुन्छ । यसले अनुसन्धान प्रभावित भयो । अलपत्र पर्ने भयो । सरकारबाट अनुसन्धान रोकिएकाले विश्वासको सङ्कट उत्पन्न भएको छ । त्यसैले निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक भयो ,’ उनले भने ।
संसदीय छानबिन समिति बनाएर आरोपलाई टुङ्ग्याउँदा गृहमन्त्री लामिछानेलाई नै राम्रो हुने यादवको भनाइ छ । ‘यो आरोपको निष्पक्ष छानबिन गरी सत्य, तथ्य बाहिर नल्याएमा यो आरोपले तपाईँलाई केही छोड्न छैन । जिन्दगीभर लखेट्ने छ । समिति बनाएर अनुसन्धान हुने कुरा तपाईँकै हितमा हुन्छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण