धोकाधडी मामिलामा ट्रम्पले पाए राहत
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थोरै भए पनि राहतको श्वास फेर्न पाएका छन् । न्यूयोर्कमा नागरिक ठगी मुद्दामा उनले १० दिनभित्र १७ करोड ५० लाख डलर मात्रै जरिवाना तिरे पुग्ने भएको हो ।
यस अघि भने न्यायाधीशले ट्रम्प र उनका छोराहरूलाई ४६ करोड ४० लाख डलर तिर्न आदेश दिएका थिए । फेब्रुअरीमा ट्रम्पले आफ्नो सम्पत्तिको मूल्य जानी जानी बढाई चढाई गरेको पाइएको थियो ।
- के हो मामिला ?
फेब्रुअरीमा न्यूयोर्कको एक अदालतले नागरिक ठगी मामिलामा ट्रम्पलाई ३५ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको थियो । पछि यो रकम बढर ४५ करोड ४० लाख डलरमा पुग्यो ।
अदालतले ट्रम्प र उनका छोराहरूलाई सजाय र जरिवाना पनि लगाएको थियो । अदालतले यति ठुलो रकम जरिवाना तिर्न दिएको आदेश विरुद्ध ट्रम्प पुनरावेदन अदालतमा गएका थिए ।
तर गएको हप्ता न्युयोर्कको पुनरावेदन अदालतले जरिवानाको रकम ४५ करोड ४० लाख डलर घटाएर १७ करोड ५० लाख डलरमा झारिदियो । यो रकम बुझाउन अदालतले ट्रम्पलाई १० दिनको म्याद दिएको छ ।
यद्यपि, ट्रम्पले जरिवाना रकम एकमुष्ट तिर्नु पर्ने हो कि किस्तामा भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ ५ अर्ब ७० करोड डलर आसपास छ । ट्रम्पसँग ४० करोड देखि ५० करोड डलर बराबरको नगद भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण