प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेसडर मनोज गजुरेल नियुक्त
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा हास्य कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गजुरेलसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरे ।
कार्यक्रममा प्रसाईंले कला र हास्यव्यङ्ग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित भएको बताए ।
कार्यक्रममा गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सम्झौतापछि ब्रान्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्रान्ड प्रवर्द्धन तथा संरक्षण, सभा गोष्ठीहरूलाई सम्बोधन सम्बन्धी कार्यहरू गर्ने जानकारी गराइएको छ ।
उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण