सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेसडर मनोज गजुरेल नियुक्त

मङ्गलबार, २० चैत २०८०, १६ : ३६
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा हास्य कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । 

मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गजुरेलसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरे ।   

कार्यक्रममा प्रसाईंले कला र हास्यव्यङ्ग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा  गौरवान्वित भएको बताए । 

कार्यक्रममा गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

सम्झौतापछि ब्रान्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्रान्ड प्रवर्द्धन तथा संरक्षण, सभा गोष्ठीहरूलाई सम्बोधन सम्बन्धी कार्यहरू गर्ने जानकारी गराइएको छ । 

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप