जनमुक्ति सेनाका पूर्व कमाण्डर खामलाई चितवन लगिँदै
काठमाडौँ । जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खाम मगर ‘विविध’लाई चितवन पठाइने भएको छ । ठमेलबाट पक्राउ परेका खामलाई चितवन पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् ।
कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्यामा उनी संलग्न रहेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो ।
चितवनको शक्तिखोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’को कार्यालय थियो । सो डिभिजनका कमाण्डर थिए कालीबहादुर खाम । डिभिजनको सम्पर्क कार्यालय कोटेश्वर स्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो । सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्तिखोरमा लगे । त्यहाँ थुनामा राखेर यातना दिएको पीडित परिवारको आरोप छ । शव नारायणीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
हत्यामा संलग्न आरोपी ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटाला थुनामुक्त भैसकेका छन् । जिल्ला अदालत चितवनले २०६८ चैत १७ मा बटालालाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । सर्वोच्च अदालतले उनलाई सफाइ दिएको छ ।
जिल्ला अदालत चितवनले त्यसबेला खाम फरार रहेको भन्दै मुद्दा मुल्तबीमा राखेको थियो । उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइने चितवनको एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण