माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै यामलाल कँडेल पुनः मुख्यमन्त्री निवासमा
मङ्गलबार, २० चैत २०८०, १८ : ५८

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल तेस्रो पटक मुख्यमन्त्री राजकुमार शर्माको निवासमा प्रवेश गरेका छन् ।
अपराह्न साढे चार बजेदेखि चलेको माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै नेता कँडेल पुनः मुख्यमन्त्री निवास छिरेका हुन् ।
दिउँसो एमाले प्रदेश इन्चार्ज लेखराज भट्टको साथमा त्यहाँ पुगेका कँडेलले अहिले दलका प्रमुख सचेतक टेकराज पछाईलाई लगेर मुख्यमन्त्री निवास पुगेका हुन् । मुख्यमन्त्री निवासमा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा र माओवादी प्रदेश अध्यक्ष विमला केसी छन् ।
माओवादी संसदीय दलको बैठकले बुधबार जसरी हुन्छ विश्वासको मत लिने र त्यसपछि नेतृत्व हस्तान्तरण गरिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु