मुख्यमन्त्रीको राजीनामा अघि गण्डकीको मन्त्रीपरिषद् बैठक बस्दै
पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक डाकिएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ ।
त्यसबाहेक केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ । अहिले क्याबिनेटमा कांग्रेस र स्वतन्त्र सांसद मन्त्री छन् । ७ सदस्यीय क्याबिनेटमा यसअघि माओवादीका २ मन्त्री थिए । केन्द्रको समीकरण बदलिएपछि मुख्यमन्त्रीले २२ फागुनमा दुवै मन्त्रीलाई बर्खास्त गरिदिए ।
त्यसपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीले पाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा दिने सम्भावना छ । उनले यसअघि मंगलबार दलका सांसदहरूसँग पनि राय लिएका छन् । उनी राजीनामा दिएर उपधारा (३) अनुसार पुनः मुख्यमन्त्री बन्ने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण