मुख्यमन्त्रीको राजीनामा अघि गण्डकीको मन्त्रीपरिषद् बैठक बस्दै

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक डाकिएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ ।
त्यसबाहेक केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ । अहिले क्याबिनेटमा कांग्रेस र स्वतन्त्र सांसद मन्त्री छन् । ७ सदस्यीय क्याबिनेटमा यसअघि माओवादीका २ मन्त्री थिए । केन्द्रको समीकरण बदलिएपछि मुख्यमन्त्रीले २२ फागुनमा दुवै मन्त्रीलाई बर्खास्त गरिदिए ।
त्यसपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीले पाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा दिने सम्भावना छ । उनले यसअघि मंगलबार दलका सांसदहरूसँग पनि राय लिएका छन् । उनी राजीनामा दिएर उपधारा (३) अनुसार पुनः मुख्यमन्त्री बन्ने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर