१२ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा एकको मृत्यु, दुई जना गम्भीर
फिनल्याण्ड । फिनल्याण्डको एक विद्यालयमा एक बालकले गोली प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमा १२ वर्षीय बालक रहेका छन् । घटनाका आरोपी पनि सोही विद्यालयमा अध्ययनरत १२ वर्षीय बालक नै रहेको प्रहरीको भनाई छ ।
गोली प्रहार गरेपछि ती बालक त्यहाँबाट पैदल भागेपनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । घटनास्थल फिनल्याण्डको राजधानी हेलसिन्कीभन्दा उत्तरमा रहेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार बिहान ९ बजे भानटा सहरको भेरटोला विद्यालयमा गोली प्रहार भएको जानकारी प्रहरीलाई दिइएको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको हतियार फेला पारेको छ । हतियार आरोपित बालकको आफन्तको नाममा दर्ता भएको पाइएको छ । आरोपित बालकविरुद्ध हत्या र हत्याको प्रयासको मुद्दा दर्ता गरिएको छ । यद्यपि उनले किन गोली प्रहार गरे भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन । प्रधानमन्त्री पेटेरी ओर्पोले घटना स्तब्ध बनाउने खालको बताउँदै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
शिकार गर्ने परम्परा रहेका कारण फिनल्याण्ड विश्वकै सबैभन्दा बढी हतियारको लाइसेन्स दर भएको देशमध्येमा पर्दछ । यद्यपि त्यहाँ विद्यालयमा गोलीकाण्डको घटना भने बिरलै हुन्छन् । सन् २००७ मा १८ वर्षीय विद्यार्थीले टुसुलाको विद्यालयमा गोली चलाउँदा ८ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए । पछि उनले आत्महत्या गरेका थिए ।
त्यस्तै, सन् २००८ मा २२ वर्षीय युवकले अर्को विद्यालयमा गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो । उनले पनि पछि आत्महत्या गरेका थिए । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण