रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशील छुः मन्त्री चौधरी
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालय र मन्त्रालयसँग सम्बद्ध सरकारी निकाय सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफू क्रियाशील रहेको बताइन् ।
मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफू प्रतिबद्ध रहेको बताइन् ।
एकीकृत सामाजिक विकास ऐनका लागि नागरिक समाजको प्रतिनिधि सहित विधेयक मस्यौदा समिति तत्कालै गठन गर्ने, नेपाल रेडक्रस सोसाइटीको ऐन निर्माण गर्न रेडक्रसकर्मीको प्रतिनिधित्व सहित विज्ञ समूहबाट मस्यौदा तयार गर्ने, सामाजिक संरक्षणका सवालहरूमा भएका ऐनहरूको संशोधन, ऐन नभएकाहरुका लागि नयाँ ऐन निर्माण गर्ने, राष्ट्रिय बालअधिकार परिषदलाई प्रभावकारी बनाउनका लागि बालबालिका सम्बन्धी ऐन २०७५ को संशोधन गर्ने, साथै राष्ट्रिय बालअधिकार परिषद् ऐन जारी गर्ने सवालमा गृहकार्य भइरहेको पनि बताइन् ।
समाज कल्याण परिषद्को कामलाई प्रभावकारी र नागरिक संगठनमैत्री बनाउन परिषद् अन्त्रगतका निर्देशिका, कार्यविधि र कार्यशैलीमा सुधार ल्याउन नीतिगत निर्णय गर्ने, आइएनजिओले नेपालमा ल्याउने लगानी पारदर्शी बनाउँदै प्रभावकारी कार्यान्वयनको अभ्यासमा रहेको जिए र पिए गर्ने प्रक्रिया लाई सहज बनाउने मन्त्री चौधरीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण