शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो दिन पनि नेप्से ऋणात्मक, ३ अंकले घटेको बजारमा २ अर्ब ५३ करोडको कारोबार

बुधबार, २१ चैत २०८०, १७ : १५
बुधबार, २१ चैत २०८०

काठमाडौँ । यो साताको सुरुदेखि नै ओरालो लागेको नेप्से सूचक चौथो दिनसम्म पनि जारी रहेको छ । आइतबार १७ अंकले घटेको नेप्से सूचक सोमबार ६ अंकले, मंगलबार करिब २ अंकले घटेकोमा चौथो दिन बुधबार थप ३.४३ अंकले घट्दै नेप्से सूचक २ हजार ६.७८ अंकमा झरेको हो ।  

तथापि, बुधबार केही कारोबारमा सुधार आउँदै २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड बाहेक बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । लाइफ इन्स्योरेन्सको उपसूचक आज ०.५० प्रतिशतले बढेको छ भने फाइनान्स र म्युचुअल फन्डको उपसूचक क्रमशः १.६५ प्रतिशत र ०.३८ प्रतिशतले बढेका छन् । 

कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा बुधबार १०३ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । यद्यपि, १० कम्पनीको सेयर मूल्य भने बुधबार स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार पनि गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिभर्स फल्स् पावर लिमिटेडको सेयर मूल्य ४.४० प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप