चौथो दिन पनि नेप्से ऋणात्मक, ३ अंकले घटेको बजारमा २ अर्ब ५३ करोडको कारोबार
काठमाडौँ । यो साताको सुरुदेखि नै ओरालो लागेको नेप्से सूचक चौथो दिनसम्म पनि जारी रहेको छ । आइतबार १७ अंकले घटेको नेप्से सूचक सोमबार ६ अंकले, मंगलबार करिब २ अंकले घटेकोमा चौथो दिन बुधबार थप ३.४३ अंकले घट्दै नेप्से सूचक २ हजार ६.७८ अंकमा झरेको हो ।
तथापि, बुधबार केही कारोबारमा सुधार आउँदै २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड बाहेक बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । लाइफ इन्स्योरेन्सको उपसूचक आज ०.५० प्रतिशतले बढेको छ भने फाइनान्स र म्युचुअल फन्डको उपसूचक क्रमशः १.६५ प्रतिशत र ०.३८ प्रतिशतले बढेका छन् ।
कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा बुधबार १०३ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । यद्यपि, १० कम्पनीको सेयर मूल्य भने बुधबार स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार पनि गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिभर्स फल्स् पावर लिमिटेडको सेयर मूल्य ४.४० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण