अण्डाको समर्थन मूल्य तोकियो, एक क्रेटको मूल्य कति ?
बुधबार, २१ चैत २०८०, १६ : १३
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य बिहीबारदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको उनले बताए । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।
सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको सङ्घले जनाएको छ ।
भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको सङ्घले जनाएको छ । ३० हजारभन्दा माथि अण्डा उत्पादक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण