सुदूरपश्चिम प्रदेश
नाउपाको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस
बुधबार, २१ चैत २०८०, १६ : १७
धनगढी । नाउपाको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई समानुपातिक सांसदमा सिफारिस गरिएको हो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै गिरीको ठाउँमा बोहरालाई सिफारिस गरेको हो । उनी टीकापुर निवासी हुन् ।
गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाइ कारबाही गर्दै बोहरालाई सिफारिस गरिएको टीकापुरका मेयर समेत रहेका नाउपाका संस्थापक नेता रामलाल डंगौराले बताए । रञ्जिता पक्षीय नेता डंगौराले नै इन्दिरा गिरीलाई कारबाही गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण