सांसद यादवको प्रश्न : कर्मचारीलाई ७ दिन हनिमुन बिदा, यस्तो तरिकाले देश चल्छ ?
काठमाडौँ । जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले कर्मचारी व्यवस्था तथा नियमन गर्ने सङ्घीय निजामती सेवा ऐन ल्याउँदा गम्भीर ढंगले सोचविचार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद यादवले विधेयकमा निजामती कर्मचारीलाई श्रेणीबाट तहगत प्रणालीमा लाने, आवास सुविधा दिने, सरकारी सुविधा दिने, विशेष आर्थिक सुविधा दिने, स्वास्थ्य सुविधा दिने, स्वास्थ्य बिमा सम्बन्धी सुविधा दिने धेरै सुविधा दिने प्रावधान भएको बताए ।
कर्मचारीलाई यति धेरै सुविधा दिएकोमा कटाक्ष गर्दै यादवले भने– ‘यो राम्रो कुरा हो, अरू के सुविधा दिने हो दिऊँ न त । मोटरबाइक दिऊँ, स्कुटी दिऊँ, घरमा टिभी दिऊँ, त्यसलाई तेल दिऊँ, सबै सुविधा दिऊँ तर त्यो कर्मचारीबाट सेवा पनि लिऊँ ।’
उनले कर्मचारीले सेवाको भावले काम गर्नुपर्ने र देश विकास गर्ने हो भने २४ सै घण्टा कर्मचारीले डिउटी गर्नुपर्नेमा जोड दिए । उनले नेपाल पुलिसले २४ सै घण्टा ड्युटी गर्ने भन्दै निजामती कर्मचारीले त्यसो गर्न सक्दैन भन्दै प्रश्न गरे । उनले सङ्घीय निजामती सेवा सम्बन्धी ऐन बनाउँदा निजामती कर्मचारीले २४ सैं घण्टा डिउटी गर्ने प्रावधान राख्नुपर्नेमा जोड दिए ।
उनले कर्मचारीलाई बिदा दिने व्यवस्थामाथि कटाक्ष गर्दै भने– ‘कुनै प्रदेशले कसरी बिदा दिन्छ, त्यसको ठेगान नै छैन । कुनै प्रदेशले ७ दिन बिदा दिन्छ, मैले सुन्दै छु, एउटा प्रदेशले ल्याइरहेको छ, ७ दिन हनिमुन बिदा । अब यो देश विकास हुन्छ ? हनिमुन बिदा दिने हो ? कुनै कर्मचारीलाई अध्ययनका लागि ३ वर्ष बिदा रे । भर्खर अधिकृत भएर आएको छ मास्टर्स गर्न ३ वर्ष बिदा लिएर गायब भयो अब उसको ठाउँमा कसले काम गर्ने ? यसरी देश विकास हुन्छ ?’
यस्तो मोडलमा जाँदा देश विकास हुन नसक्ने बताए । जति गल्ती गरे पनि कुनै कर्मचारीलाई मन्त्रीले निकाल्न नसक्ने बरु खरदारले मन्त्रीलाई थर्काउने अवस्था रहेको उल्लेख गरे । उनले जय नेपाल, लाल सलाम, जय नेपाल भन्ने ट्रेड युनियन खारेज गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण