ताइवान भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते
ताइपेई । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ ।
भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले बताएको छ ।
फस्नेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ । भुइँचालोका कारण क्षति पुगेको भए पनि ताइपेई भरका अस्पतालहरू सामान्य रूपमै सञ्चालन भइरहेको नगर सरकारले बताएको छ । ताइपेईका कम्तीमा ७ अस्पतालमा संरचनात्मक क्षति पुगेको बताइएको छ । भूकम्पका कारण एउटा अस्पताल मात्रै बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण