डेढ महिनामा १०३९ वटा आगलागीका घटना, २३ जनाको मृत्यु
काठमाडौँ । विगत डेढ महिना यता देशका विभिन्न स्थानमा एक हजार ३९ वटा आगलागीका घटना भएका छन् । यो सङ्ख्या डढेलो र घरमा लागेको आगलागीको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत फागुन एक गते यता भएका आगलागीका घटनामा आगोले जलेर २३ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार आगलागीमा परेर ९३ जना घाइते भएका छन् भने एक हजार एक सय ६ परिवार प्रभावित भएका छन् । आगोले जलेर तीन सय १८ वटा घर पूर्ण क्षति भएको छ भने एक सय तीन वटा घरमा आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । एक सय ९७ वटा गोठमा क्षति पुग्दा ५ सय ७५ वटा पशु चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगोले जलेर ४५ करोड ८ लाख ८२ हजार पाँच सय रुपैयाँ बराबरको क्षति हुन पुगेको छ ।
प्राधिकरणकी प्रवक्ता गोमादेवी चेमजोङका अनुसार डेढ महिनाको अवधिमा ७६ वटा जिल्लामा आगलागी भएको अभिलेख छ ।
सबैभन्दा धेरै मोरङमा आगलागीका घटना भएका छन् । मोरङमा ५८ वटा आगलागीका घटना भएका छन् । तर, मानवीय क्षति भने नभएको चेमजोङले बताइन् ।
आगलागीमा मानवीय क्षति व्यहोरेका जिल्लाहरूमा पाँचथर, भोजपुर, ओखलढुङ्गा, झापा, सिराहा, महोत्तरी, दोलखा, काठमाडौँ, तनहुँ, कपिलवस्तु, रोल्पा, प्युठान, दाङ, बर्दिया, जाजरकोट, डोटी र बैतडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण