राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी सेवा सुरु
बुधबार, २१ चैत २०८०, २१ : ३६

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा नयाँ मेसिन प्रदान गरेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्टार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन्।
रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने बताए । युरोलोजिष्ट डा.प्रवोध रेग्मीले मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाउन, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड