राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी सेवा सुरु
बुधबार, २१ चैत २०८०, २१ : ३६
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा नयाँ मेसिन प्रदान गरेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्टार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन्।
रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने बताए । युरोलोजिष्ट डा.प्रवोध रेग्मीले मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाउन, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण