बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहितसहित विभिन्न स्थानबाट १० जना पक्राउ

बिहीबार, २२ चैत २०८०, १२ : ३४
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिका-५ बबईस्थित सडकबाट अवैध लागु औषधसहित ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता सुनसरीको हरिनगर गाउँपालिका-५ बाट अवैध लागु औषधसहित गाँजा करिब १६ किलोसहित सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कस्थित सुदूर पश्चिम गेष्ट हाउसबाट अवैध लागु औषधसहित खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रुपैयाँसहित सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागु औषधसहित नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका-२ राजपुरबाट अवैध लागु औषधसहित ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय देव कुमार थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागु औषधसहित खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषधसहित नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका-४ स्थित सडकबाट अवैध लागु औषधसहित खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता बाँकेको खजुरा गाउँपालिका-२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागु औषधसहित ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप