सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ मा जसपाले थेगिमलाई सघाउने

बिहीबार, २२ चैत २०८०, १३ : ३५
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप