सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राहकहरूको आत्मविश्वास जित्न इन्फिनिक्स मोबाइलले १५ महिना वारेन्टी

बिहीबार, २२ चैत २०८०, १३ : ४५
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ।  जसअनुसार ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा १५ महिनाको लामो वारेन्टी पाउने भएका छन् । 

अप्रिल १ देखि लागू यो नयाँ वारेन्टी योजनाले उत्पादनलाई राम्रोपन र विश्वासिलोपन देखाउने कम्पनीको भनाइ छ । इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिँदै आएको कम्पनीको दाबी छ । 

इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै छ भने युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप