ताइवान भूकम्प : ६ सय जनाको उद्धारको प्रयास जारी, ३४ जना बेपत्ता
बिहीबार, २२ चैत २०८०, १४ : ४७
ताइपेई । पछिल्लो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्पको चपेटामा परेको ताइवानमा उद्धारकर्मीहरू अझै पनि बिचल्लीमा परेका ६ जनाको उद्धार गर्ने प्रयासमा जुटेका छन् ।
बुधबार बिहान पूर्वी क्षेत्रमा रहेको हुआलेइन नजिक केन्द्रबिन्दु भएर गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परेर ९ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् । सुरुङ र राष्ट्रिय निकुञ्जमा फसेका धेरैलाई हेलिकप्टरबाट उद्धार गरिए पनि अझै ३४ जना हराइरहेका छन् ।
हराइरहेका वा बिचल्लीमा परेकाहरूको सङ्ख्या बिहीबार १ सयबाट बढाएर ६ सय जना पुर्याइएको छ । पहाडी क्षेत्रमा फोन सुचारु भएपछि यो सङ्ख्या बढाइएको हो। सडकमा क्षति पुगेका कारण धेरै ठाउँ उद्धारकर्मीहरू पुग्न सकेका छैनन् । उनीहरूलाई आकाशबाट राहत र खानाका सामग्रीहरू खसालिएको स्थानीयले जानकारी दिएका छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण