नाउपाका २ सांसदले विश्वासको मत नदिने भएपछि कांठमाडौँमै अड्किए स्वतन्त्र सांसद जोशी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिन गइरहेका छन् । तर उनी विश्वासको मत पाउने वातावरण क्षीण बन्दै गएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा), स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाकी सांसद खिमा देवी बिष्टको समर्थनले मात्रै मुख्यमन्त्री शाहले सुविधाजनक विश्वासको मत पाउँछन् । तर नाउपाको विवादले नाउपाका सांसद कैलाश चौधरी, टीका थापा विश्वासको मत नदिने पक्षमा उभिएका छन् । विश्वासको मत दिने पक्षमा उभिएकी रेशम चौधरी पक्षीय नाउपा सांसद इन्दिरा गिरीलाई यसअघि नै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पदमुक्त गरेकी छिन् । जुनकारण मुख्यमन्त्री शाहलाई आवश्यक विश्वासको मत नपुग्ने भएको हो ।
नाउपाका सबै सांसदले विश्वासको मत दिएपछि मात्रै आफूले निर्णायक विश्वासको मत दिने वातावरण कुरेका स्वतन्त्र सांसद जोशीले पनि अब अन्ततः विश्वासको मत नदिने बताएका छन् ।
स्वतन्त्र सांसद जोशीले रातोपाटीसँग भने, ‘नाउपाको सबै सांसदले विश्वासको मत नदिएको अवस्थामा मेरो मतको कुनै सार्थकता छ र ? मैले त्यहाँ (संसद्)मा जानु र नजानुको अर्थ रहन्न । त्यही भएर नजाने पक्षमा छु ।’
सांसद जोशी हाल काठमाडौँमै छन् । नाउपा सांसद कैलाश चौधरी र टीका थापा पनि काठमाडौँमै छन् ।
नाउपा सांसद कैलाश चौधरी पनि हाल आफू काठमाडौँमै रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण