सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
बिहीबार, २२ चैत २०८०, १९ : २१
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार साँझ ५ बजे बस्ने गरी तय भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव देव बहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८०।१२।२२ गते बिहीबार दिनको ५:०० बजे बस्ने गरी तोकिएको दोस्रो प्रदेशसभाको तेस्रो अधिवेशनको दसौँ बैठक माननीय सभामुखज्यूको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको ब्यहोरा सम्पूर्ण माननीयज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण