पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरू थप नगर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए । उनले वि.स.२०८३ र ०८४ सम्म कम्तीमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग सम्बद्ध प्रस्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए । उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताए । उनले आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्नसक्ने अवस्था नभएको बताए ।
सभापतिले आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जबाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए । उनले हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडेर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबिचको विभेदका विषयमा अर्थ मन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे ।
उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए । उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरू चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए । उनले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण