बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा राहत सामग्री पुर्याउन सीमासहित यी तीन मार्ग खोल्दै इजरायल

शुक्रबार, २३ चैत २०८०, ०७ : २७
शुक्रबार, २३ चैत २०८०

इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ ।

हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय गरिएको हो । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सातजनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो ।

आक्रमण हुनुअघि सहायता कार्मचारीहरूले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामानहरू उतारेका थिए । हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व सुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको छ ।

गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिस मारिएका छन् । यो तथ्याङ्क हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । इजरायली नाकाबन्दीका कारण गाजा पट्टीमा बसोबास गर्ने करिब २० लाख जनसङ्ख्या भोकमरीको चरम सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप